बुटवल, असार २६ / क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं सभा सम्पन्न भएको छ।  क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । सनिवार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन। त्यसैगरि निर्वाचित चारजना सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, कृष्ण प्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे रहका छन्।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय पदेन सदस्यसचिव रहने १३ सदस्यीय क्याम्पस संचालक समितिमा बांकि सदस्यहरु भने पदेन सदस्य रहने प्रावधान छ । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधीबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा। खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्धारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा रहेका छन।