श्रावण ६ । लुम्बिनी वाणिज्य क्याम्पसमा ट्यालेन्ट शो २०७९ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। क्याम्पसको विविएम अप्लाइड कार्यक्रम अन्तर्गत रहेको साहित्यिक समूहले  उक्त कार्यक्रम आयोजना गरेको हो । 

विद्यार्थी दिपा अर्यालको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि  विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा रहनुभएको थियो । विविएम र विएमएस कार्यक्रममा अध्ययनरत १२ जना विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेको कार्यक्रममा विएमएस तेस्रो सेमेस्टरकी प्रकृति गौतम प्रथम,  विएमएस तेस्रो सेमेस्टरकी बन्धना पन्थी दोस्रो तथा विविएम तेस्रो सेमेस्टरका सबिन चौधरी र विएमएस तेस्रो सेमेस्टरकी मन्जु न्यौपानेले तेस्रो स्थान हासिल गर्नुभएको थियो।

विद्यार्थी गणेश पाण्डेको संचालन र  विद्यार्थी आयुष सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सह प्राध्यापक गोपाल प्रसाद पाण्डे र उपप्राध्यापक सुरज आचार्यले निर्णायकको भुमिका निभाउनुभएको थियो।