भाद्र १ बुटवल । लुम्बिनी प्रदेशभरीको व्यवस्थापन विषय अध्यापन हुने क्याम्पसहरु मध्ये बेस्ट बिजनेश स्कुल लुम्बिनी प्रदेशको अवार्ड लुम्बिनी वाणिज्य क्याम्पसले प्राप्त गरेको छ ।
न्यू बिजनेश एज प्रालिले प्रत्येक वर्ष आयोजना गर्दै आएको न्यूबिज बी–स्कूल रेटिङस् ¥याकिङ एन्ड अवार्डस्  कार्यक्रममा यस वर्ष पनि ४ विधामा ७ ओटा प्रदेशका १६ कलेजलाई बुधवार अवार्ड प्रदान गरिएको हो ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि उत्कृष्ट बीस्कुल छनोट गरेको थियो । २ हजार ३०० बीस्कुलमध्ये शुरुको पहिलो चरणमा उनीहरूको वेवसाइटका आधारमा ६०२ ओटा सर्ट लिस्ट भएको थिए । विद्यालयको, मिसन, भिजन र स्लोगनलगायतको आधारमा गरिएको दोस्रो चरणको छनोट प्रक्रियामा करीब ३०० ओटा बीस्कुल छानिएका थिए । कम्तीमा ५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेको आधारमा गरिएको तेस्रो चरणको छनोट प्रक्रियाबाट ८७ बीस्कुल निर्णायक मन्डलले छानेको थियो । सोही वमोजिम लुम्बिनी प्रोभिन्स लेभल बेस्ट बीस्कुलतर्फ लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले अवार्ड हात पार्न सफल भएको हो । अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले यस प्रकारको अवार्ड पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताउनुभयो । 
लुम्बिनी वाणिज्य क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए.प्रमाणपत्र प्राप्त गर्न सफल व्यवस्थापन विषयमा विशिष्टिकृत क्याम्पस हो भने यस क्याम्पसले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयबाट २०७५ सालमा उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा र प्रदेश सरकार लुम्बिनी प्रदेशको तर्फबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्घितियबाट पनि विभुषित भएको थियो ।
यसैविच न्यूबिज बी–स्कूल रेटिङस् ¥याकिङ एन्ड अवार्डस्  कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट कैलाली बहुमुखी क्याम्पस धनगढी, कर्णाली प्रदेशबाट सहारा क्याम्पस वीरेन्द्रनगर, गण्डकी प्रदेशबाट नोभेल एकेडेमी पोखरा, बागमती प्रदेशबाट प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स भरतपुर, मधेश प्रदेशबाट विरगन्ज पब्लिक कलेज वीरगन्ज र प्रदेश १ बाट दमक बहुमुखी क्याम्पस, दमकले बेस्ट बिजनेश स्कुल अवार्ड प्राप्त  गरेका छन् ।