भाद्र २ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
विविएम अप्लाइड तेस्रो सेमेस्टर, विविएम पाचौ तथा सातौ सेमेस्टर लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड दोस्रो सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भर्खरै स्नातक तह सक्काएका विविएम आठौ सेमेस्टरका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं  लुम्बिनी वाणिज्य क्याम्पस, क्याम्पस संचालक  समितिका अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशी, विशिष्ट अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा, कार्यक्रम संयोजक विद्यार्थी अमित गुप्ता, विद्यार्थीहरु अभिषेक केसि, महेश आचार्य, पुनम थापा, प्रकाश पौडेल, आस्था खत्री लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो।
विद्यार्थी बन्दना न्यौपानेको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी सिलम श्रेष्ठ र आयुष सुवेदीले गर्नुभएको थियो भने दिनभर क्याम्पसमा भएको सांस्कृतिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको संचालन जीवन भुसाल र दीक्षा भण्डारीले गर्नुभएको थियो । सो अवसरमा आयोजना गरिएको मिस मिस्टर फ्रेसर प्रतियोगितामा मिस फ्रेसरको उपाधी आरति अर्याल र मिस्टर फ्रेसरको उपाधी यसिर मसुदले जित्नुभएको थियो भने बिबिएम पाचौं सेमेस्टरमा विश्वविद्यालय प्रथम हुन सफल विद्यार्थी सिलम श्रेष्ठलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई  र विदाइ भइ जाने विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।