भाद्र ३०, बुुटवल । बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा दुई महिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजको सहकार्यमा भएको उक्त तालिम विहीवार सम्पन्न भएको हो ।
तालिम समापन सत्र मुख्य प्रशिक्षक अमृत पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, विद्यार्थी सुनिल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसले नियमित गतिविधि अन्र्तगत बजारको आवश्यकता अनुसार विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको बताउदै दुई महिने तालिमले विद्यार्थीहरुमा सकारात्मक उर्जा पैदा भएको र विद्यार्थीका सकारात्मक प्रतिक्रियाले आफुलाई खुशी लागेको बताउनुभयो ।

तालिममा सहभागिहरुको तर्फबाट बोल्दै विद्यार्थीहरु अमिक्षा भुसाल, अनुप ज्ञवाली र दिनेश भट्टराईले तालिमले बजारमा क्षमता देखाउन आफुहरुलाई सहज बनाएको बताउदै तालिमको व्यवस्थापन गरेकोमा क्याम्पस प्रति आभार प्रकट गर्नुभयो ।
विविएस कार्यक्रममा अध्ययनरत ७० जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा मुख्य प्रशिक्षक एवं लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजका सिइओ अमृत पौडेल, प्रशिक्षक सिए महेश घिमिरेले मेनुअल एकाउन्टिङ, कम्प्युटराइज्ड एकाउन्टिङ, लेखासंग सम्बन्धित विभिन्न सिप तथा ज्ञान, करसंग सम्बन्धित विभिन्न समस्या समाधानका सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो।