पौष २८। बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय कन्फ्रेन्स बिहीबार सम्पन्न भएको छ । 
हरेक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्दै आएको क्याम्पसले यसपटक इन्टरनेशनल कन्फ्रेन्स अन प्याराडाइम् सिफ्ट इन विजनेश म्यानेजमेन्ट, इकोनोमिक्स, सोसल इन्नोभेसन एण्ड इन्फरमेसन साइन्स, सेयरिङ ग्लोबल्ली,  प्रज्ञानम् ब्रह्म –०३ मूख्य विषयमा तेश्रो संस्करणको अन्र्तराष्ट्रिय कन्फ्रेन्स पौष २७ र २८ गते सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च शैक्षिक संस्थाको रुपमा लुम्बिनी वाणिज्य क्याम्पसले गुणस्तरिय शिक्षा प्रदान गरेर विशिष्ट योगदान पु¬¥याउदै आएको र यस प्रकारको अन्र्तराष्ट्रिय कन्फ्रेन्स प्राज्ञिक क्षेत्र र अनुसन्धानका क्षेत्रमा कोषे ढुगां सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, उपप्राध्यापक लक्ष्मणप्रसाद भण्डारीको संचालन रहेको उद्घाटन समारोहमा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले कन्फ्रेन्सको औचित्यता र उद्देश्यहरुमाथि प्रष्ट पार्नुभएको थियो ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिहरु लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा.डा. हृदय रत्न बज्राचार्य, त्रि.वि.व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज संजेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु, आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, कन्फ्रेन्सका संयोजक सह प्रा. राजेन्द्र लम्साल लगायतले बोल्नुभएको थियो । पहिलो दिनको दोश्रो सत्रको कि नोट सेसनमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा.डा. हृदय रत्न बज्रचार्य, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन  प्रा.डा. डिल्लीराज शर्मा,  इभोरा डी विश्वविद्यालय, पोर्चुगलका प्रा.शोमोडि सर्कार, आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, सिद्धार्थ विश्वविद्यालय, इन्डियाका प्रा. दिपक बाब्ु मिश्र, अब्रा विश्वविद्यालय, फिलिपिन्सका प्रा.डा. एलेक्सिस एरिजावल– एन्रीक्वीज, सिन्ध विश्वविद्यालय, पाकिस्तानका डा. गुलाम अली बुरिरोले मुख्य वक्ताको भुमिका निर्वाह गर्नुभएको थियो भने आई.आई.एम., इन्डियाका शन्दिप प्रशार, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन  प्रा.डा. डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. देवेन्द्र प्रसाद श्रेष्ठ, काठमाण्डौं विश्वविद्यालयका प्रा.डा. मन प्रसाद वाग्लेले विभिन्न समुहमा विभाजित भइ संचालन भएको टेक्निकल सेसनको अध्यक्षता समेत गर्नुभएको थियो ।

कन्फ्रेन्सको दोश्रो दिनको पहिलो सत्रमा आई.आई.एम., इन्डियाका शन्दिप प्रशारले  केस एनालाइसिस सम्बन्धी प्रशिक्षण संचालन गर्नुभएको भने दोश्रो सत्र समापन समारोहमा अन्र्तराष्ट्रिय कन्फ्रेन्स संयोजक सह प्रा. राजेन्द्र लम्सालको अध्यक्षता, काठमाण्डौं विश्वविद्यालय, शिक्षा संकायका पूर्व डीन प्रा.डा. मन प्रसाद वाग्लेको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको स्वागत मन्तव्य, त्रि.वि.व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माको विशेष मन्तव्य, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु र क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको धन्यवाद ज्ञापन रहेको थियो । समापन समारोहमा कन्फ्रेन्सका मुख्य वक्ताहरु, अतिथिहरु, अनुसन्धान प्रस्तुतकर्ताहरु, सहयोगी संस्थाहरु, विभिन्न उपसमितिका संयोजकहरु, स्वयंसेवकहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रज्ञानम् ब्रह्मको शाब्दिक अर्थ हुन्छ–ज्ञान नै ब्रह्म हो । यस वाक्यको अनुशरण गर्दा आफ्नो जीवनको परम् स्थीतिको अनुसन्धान गर्न सक्यौं भने हाम्रो जीवन सफलतापूर्वक निर्वाह हुन्छ भन्ने बुझिन्छ । यसैलाई मुलमन्त्र मानेर लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले विश्वविद्यालय अनुदान आयोग र त्रि.वि.व्यवस्थापन संकाय डीनको कार्यालयको सहयोगमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको हो । क्याम्पसले सन् २०१८ र सन् २०२० मा गरी दुई वटा अन्तर्राष्ट्रिय कन्फ्रेन्स सम्पन्न गरेको थियो । परम्परागत शैली भन्दा अलि पृथक खालको अनुसन्धानात्मक शिक्षण सिकाईमा जोड दिनुपर्छ भन्ने सन्देश दिन क्याम्पसले ‘प्रज्ञानम् ब्रह्म’ महावाक्यलाई विषयबस्तु बनाएर अन्तर्राष्ट्रिय कन्फ्रेन्स गरेको हो । सो अवसरमा फिलिपिन्स, पोर्चुगल, पाकिस्तान, भारत र नेपालका विभिन्न विश्वविद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरु लगायत ५२ जना अनुसन्धानकर्ताले आ–आफ्नो अनुसन्धानको निष्कर्षहरु प्रस्तुत गर्नुभएको थियो । 
दुई दिने कन्फ्रेन्सले अन्वेषकहरू, व्यवसायीहरू र विद्यार्थीहरूबीच नवीन अनुसन्धान सीपहरूको राम्रो आधार खडा गरेको छ भने विश्वव्यापी रूपमा व्यापार व्यवस्थापन र सामाजिक विज्ञानमा प्रतिमान परिवर्तन सुनिश्चित गर्नुका साथै  कन्फ्रेन्समा  सहभागी अनुसन्धानकर्ताहरूले यसको ज्ञान फैलाउने अपेक्षा समेत गरेको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो साथै अध्यापन र सिकाइको क्षेत्रमा ज्ञान आदानप्रदान गर्न क्षेत्रीय मैत्री सम्बन्ध स्थापना गर्न कन्फ्रेन्स फलदायी भएको समेत उहाँले बताउनुभयो ।
कन्फ्रेन्सले व्यवसायिक व्यवस्थापन, अर्थशास्त्र, सामाजिक नवप्रवर्तन र सूचना प्रविधिको विकासक्रम र अनुसन्धानको क्षेत्रमा विश्वव्यापिरुपमा आएका परिवर्तित अवस्था बारेमा थाहा दिएको र अनुसन्धानकर्ताहरुलाई आफ्ना अनुसन्धनात्मक लेखको प्रस्तुतिकरणको अवसर पनि सृजना गरेको कन्फ्रेन्स सचिव डा. भगवती प्रसाद चौधरीले बताउनुभयो ।