माघ २२ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा वृहत्  सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको ४२ औं वार्षिकोत्सबको अवसरमा वातावरण तथा सामाजिक प्रणाली मुल्यांकन उपसमितिको आह्वानमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
उपसमितिको नियमित कार्यक्रम र क्याम्पसको वार्षिकोत्सबको अवसरमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुद्वारा  क्याम्पस परिसरमा सरससफाई  गरिएको
उपसमिति संयोजक सुपुष्प भट्टराईले जानकारी दिनुथियो। क्याम्पसले यहीँ फाल्गुण ६ गते ४२ औं वार्षिकोत्सब मनाउदैछ।