फाल्गुण ४ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको साताव्यापि विविध कार्यक्रमहरु बिहीवार सम्पन्न भएको छ । 
क्याम्पसको वार्षिकोत्सवको अवसरमा भएको प्राध्यापक÷कर्मचारी र विद्यार्थी सङ्गठनबिचको मैत्रीपूर्ण भलिबल खेलमा प्राध्यापक÷कर्मचारीको समुह विजयी भएको छ  ।  छात्र भलिबल प्रतियोगितामा विविएस दोश्रो वर्षको समुह विजयी, विविएस तेश्रो वर्षको समुह उपविजयी भएको छ भने छात्रा भलिबल प्रतियोगितामा विविएस तेश्रो वर्षको समुह विजयी, विविए चौथो सेमेष्टरकोे समुह उपविजयी भएको छ । छात्र बास्केटबल प्रतियोगितामा विविएको समुह विजयी भएको छ भने विविएमको समुह उपविजयी भएको छ । त्यसैगरी छात्रा बास्केटबल प्रतियोगितामा विविए चौथो सेमेष्टरको समुह विजयी भएको छ भने विविएम आठौं समुह उपविजयी भएको छ । यस्तै वक्तृत्वकला प्रतियोगितामा कविता खड्का प्रथम, पुष्पा पौडेल द्धितीय, अस्मिता खनाल र सिद्धार्थ कोइरालाले तृतीय स्थान हासिल गरेका छन । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा विविएस दोश्रो वर्षको समुह प्रथम, विविएस तेश्रो वर्षको समुह द्धितीय, विविएस चौथो वर्षकोे समुह तृतीय भएका छन । यस्तै विजनेश प्लान कम्पिटेसनमा अनिसा खान प्रथम, कविता खड्का द्धितीय र प्रशन्न जंग कार्कीले तृतीय स्थान हासिल गरेका छन । यस्तै चेस प्रतियोगितामा अभिषेक लम्साल प्रथम, प्रज्वल बस्नेत द्धितीय र अभिषेक अर्यालले तृतीय स्थान हासिल गरेका छन । यस्तै छात्र टेबल टेनिस प्रतियोगितामा प्रतिक ज्ञवाली प्रथम, महेन्द्र क्षेत्री द्धितीय र रोहित क्षेत्री तृतीय भएका छन भने छात्रा टेबल टेनिस प्रतियोगितामा कृती क्षेत्री प्रथम, जयन्ति पाण्डे द्धितीय र इसु थापा तृतीय भएका छन । यस्तै १०० मीटर छात्र दौड प्रतियोगितामा कुशल श्रेष्ठ प्रथम, अभिषेक कार्की द्धितीय, क्षितिज गैरे तृतिय भएका छन भने १०० मीटर छात्रा दौड प्रतियोगितामा सुन्दरी थारु प्रथम, बिमला पुवारे द्धितीय, सम्झना घिमिरे तृतीय भएका छन । छात्र क्रिकेट प्रतियोगितामा विविएस तेश्रो वर्षको समुह विजयी भएको छ भने विविएको समुह उपविजयी भएको छ । त्यसैगरी छात्रा क्रिकेट प्रतियोगितामा विविए चौथो सेमेष्टरको समुह विजयी भएको छ भने विविएम छैठौं र आठौं सेमेष्टरको समुह उपविजयी भएको छ । रसि तान्ने प्रतियोगितामा विविएमको छात्र समुह र विविएको छात्रा समुह विजयी भएको छ । त्यस्तै म्युजिकल चेयर प्रतियोगितामा नविना अर्याल प्रथम, बन्दना खनाल द्धितीय, अम्बिका पौडेल तृतीय भएका छन भने एक मिनेट कार्यक्रममा सपना भट्टराई प्रथम, सरिता बेलबासे द्धितीय भएका छन । 
क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले माघ २३ गते भलिबल खेलको उद्घाटन गर्दै सुरु भएको  साताव्यापी खेलकुद कार्यक्रमहरु विहीबार सम्पन्न भएको हो । क्याम्पसले यही फाल्गुण ६ गते भव्य समारोहका बिच ४२ औं वार्षिकोत्सव मनाउदैछ ।