बुटवल। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन भएको छ। 

क्याम्पसका सहप्राध्यापक गोपाल प्रसाद पाण्डे निर्वाचन अधिकृत रहेको ११ सदस्यीय निर्वाचन समिति गठन भएको  क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो । 

निर्वाचन समितिको सदस्यहरूमा उपप्राध्यापक निरज गौतम, उपप्राध्यापक धन बहादुर पुन, उपप्राध्यापक मधुकर शर्मा, उपप्राध्यापक ललितमान श्रेष्ठ, उपप्राध्यापक माया आचार्य, उपप्राध्यापक डिल्लिराज गौतम, उपप्राध्यापक द्वारिका प्रसाद गौतम, उपप्रशासक सविता शाक्य, उपप्राध्यापक तुल्सी प्रसाद भुसाल र सदस्य सचिवमा उपप्राध्यापक विदुर ज्ञवाली  रहनुभएको छ। 

त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको थियो । त्रिविले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत्र ५ गते गर्ने निर्णय गरेको छ ।