भाद्र ७ बुटवल । बुटवलमा शैक्षिक संस्था तथा उद्योगी व्यवसायीबिच संवाद एवं अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलको आयोजनामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समिति उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुको प्रमुख आतिथ्यता तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीको विशिष्ट अतिथ्यता रहेको थियो ।
बुटवल क्षेत्रका उद्यमी, उद्योगी व्यवसायी, वित्तिय संस्थाका प्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, शैक्षिक व्यक्तित्व, पत्रकार, विद्यार्थी लगायत गरि सत्तरी बढी सहभागि भएको कार्यक्रममा  लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले कार्यक्रमको औचित्यताको बारेमा प्रष्ट पार्दै विश्वविद्यालयले प्रदान गर्दै आएको शिक्षा र उद्योग तथा अन्य रोजगारदाताका लागि आवश्यक दक्ष जनशक्ति बिचको अन्तर पत्ता लगाई अन्तर घटाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो साथै उहाँले त्यसको लागि कार्यक्रमको निचोड तथा आवश्यकता अनुसारका पाठ्यक्रम परिवर्तन, सीप अभिवृद्धिका कार्यक्रम, तथा अतिरिक्त व्यवहारीक तथा प्रयोगात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दुई सत्रमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रमा विशिष्ट अतिथि एवं  त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले विद्यमान पाठ्यक्रम र बजारको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा देशको अर्थतन्त्रमा आएको परिवर्तनसंगै रोजगार क्षेत्रमा भएको परिवर्तन, त्यसका असर, प्रतिभा पलायनको अवस्था लगायतका बारेमा प्रष्ट पार्दै आगामी समयमा उद्यमी र उद्यमशिलतालाई शिक्षासंग जोड्न थप गर्नुपर्ने कार्यहरुका बारेमा पनि बताउनुभएको थियो ।

दोश्रो सत्रको कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसले उद्योगी व्यवसायी, बैंकीङ्ग क्षेत्र लगायतका  रोजगारदाताहरु सित नियमित समन्वय तथा संवाद गरेर नै पाठ्यक्रम तयार पारी त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत गराई अध्यापन गराइरहेको बताउनुभयो साथै उहाँले समय सापेक्ष पाठ्यक्रम निर्माण गर्न उर्जा प्रदान गरेकोमा  त्रिभुवन विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगप्रति धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

कार्यक्रममा उद्योगी व्यावसायीहरु नेपाल उद्योग व्यापार महासंघ नेपालका महासचिव खेमनारायण पराजुली, नेपाल घरेलु तथा साना उद्योग महासंघ  लुम्बिनी प्रदेश सदस्य माया खनाल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरिश्वर शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे, उद्यमी सुरज उप्रेती, उद्यमी अनिल श्रेष्ठ, उद्यमी  सोनाली गुरुङ, उद्यमी महेन्द्र न्यौपाने, उद्यमी माधव नेपाल, उद्यमी बसन्त रोका क्षेत्री, उद्यमी  कमल जंग कुँबर लागायतले अझै पनि विश्वविद्यालयले बजारको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न नसकेको औल्याउनुभयो ।

कार्यक्रममा शैक्षिक व्यक्तित्वहरु बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख स प्रा. डा. खिमानन्द न्यौपाने, तिलोत्तमा क्याम्पसका प्रिन्सिपल प्रा.डा. रामचन्द्र आचार्य, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, राममणि क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उद्योग व्यावसाय क्षेत्रले खोजे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र उद्यमी व्यावसायीसंग निरनतर संवादमा रहन पनि आफुहरु तयार रहेको बताउनुभयो साथै यसको पहल गर्ने लुम्बिनी वाणिज्य क्याम्पसलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईँले लुम्बिनी वाणिज्य क्याम्पसले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालय र रोजगारदाताबिच देखिएका अन्तर पुर्नका लागि छिटो भन्दा छिटो बोलेर भन्दा पनि काम गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

यस्तै सरकारी निकायका प्रतिनिधिहरु श्रम तथा रोजगार कार्यालय, बुटवलका उपसचिव गिरी राज ज्ञवाली, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख प्रकाश अधिकारी लगायतले उद्यमी र शैक्षिक संस्थाबिचको अन्तर कम गर्न सरकार लागिरहेको बताउनुभयो ।

बैकिङ्ग क्षेत्रबाट कृषि विकास बैंक लि. लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद आचार्य, नेपाल बैंक लिमिटेडकी प्रतिज्ञा सुवेदी, ग्लोबल आई.एम.ई. बैंकका पिताम्बर पोखरेल, शाइन रेसुगा डेभलपमेन्ट बैंकका प्रवास राई लगायतले बोल्दै बैकिङ्ग क्षेत्रले प्राप्त गरेका जनशक्ति सन्तोषजनक नै रहेको बताउदै आउदा दिनमा बैकिङ्ग क्षेत्रमा भइरहेका परिवर्तनहरुलाई पाठ्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष विजय कार्कीले क्याम्पसले हप्ताको एक दिन किताब अध्ययन नगराई सिपमुलक तथा व्यवहारीक ज्ञानका लागि छुट्याउनुपर्ने बताउदै उहाँले थप्नुभयो लुम्बिनी वाणिज्य क्याम्पसले समय सापेक्ष ज्ञान प्रदान गर्नकै लागि स्वायत्त कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत गराई ल्याएको हो जस्तो लाग्छ तर विभिन्न प्रकारका भ्रम सिर्जना किन गरियो वा क्याम्पसले स्वायत्तताका बारेमा बुझाउन  सकिरहेको छैन यो विषयमा आफु अन्यौलमा परेको बताउनुभयो । 
लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलका संयोजक उपप्राध्यापक डिल्लिराज गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने अन्तिममा कार्यक्रमको निष्कर्श ¥यापोेटियर उपप्राध्यापक रोम नाथ शर्माले प्रस्तुत गर्नुभएको मोहन पौडेलले जानकारी दिनुभयो ।