भाद्र ३० । बुटवल देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा शिक्षक अभिभावक संघको भेला तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले कविता कुवर अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ। जसको उपाध्यक्षमा अभिभावक सुभाषचन्द्र ढकाल, सचिबमा उपप्राध्यापक पिताम्बर सापकोटा,  कोषाध्यक्षमा उपप्राध्यापक तुलसी भुसाल, सदस्यमा अभिभावक नारायण प्रसाद सुवेदी, मिरा श्रेष्ठ, उपप्राध्यापक सुरेश सापकोटा, सन्जु गैरे रहनुभएको छ।

अध्यक्ष लोकराज शर्माको अध्यक्षता एवं सचिव उपप्राध्यापक डिल्लिराज गौतमको संचालन रहेको पहिलो सत्रमा प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष  मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, अतिथिहरु सहायक क्याम्पस प्रमुख स.प्रा. विष्णु जोशी, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष स.प्रा. गोपाल पाण्डे,  पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई कमिटिका अध्यक्ष उप प्रा. धन वहादुर पुन, कर्मचारी संघ इकाई समितिका उपाध्यक्ष पुष्कर भुसाल, स्ववियु अध्यक्ष विजय कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले राष्ट्रकै अग्रणी शैक्षिक संस्था यस लुम्बिनी वाणिज्य क्याम्पसको एक अङ्गको रुपमा रहेको शिक्षक अभिभावक संघले क्याम्पसको बृहत्तर विकासमा अतुलनीय योगदान पुर्याइरहेको बताउनुभयो । यस्तै विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख उपाध्यायले अधिवेशनको सफलताको कामना गर्दै नयाँ कार्यसमितिबाट क्याम्पसले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप रचनात्मक सुझाब र समन्वयकारी भुमिकाको अपेक्षा गरेको बताउनुभयो। भेलाले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको थियो।