असोज ५ मोहन पौडेल । लुम्बिनी वाणिज्य क्याम्पसमा जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अतिरिक्त क्रियाकलाप विभाग, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा विविएम कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा भएको जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगितामा रुपन्देही जिल्लाभरका बीस वटा कलेजको सहभागीता रहेको थियो । 
जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रथम भएको छ भने लुम्बिनी वाणिज्य क्याम्पस द्वितीय तथा सिटि क्याम्पस, बुटवल तृतीय हुन सफल भएको छ । 
ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, गरिमा विकास बैंकको प्रायोजन रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कलेजहरुलाई क्रमशः तीस हजार, बीस हजार र दस हजार नगद तथा प्रमाणपत्र, शिल, मेडल प्रदान गरिएको थियो । 
अतिरिक्त क्रियाकलाप विभाग प्रमुख उपप्राध्यापक नवराज खरेलको अध्यक्षता तथा उपप्राध्यापकद्वय लक्ष्मण प्रसाद भण्डारी र तुल्सी प्रसाद भुसालको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, बिबिएम कार्यक्रम इन्चार्ज मधुकर शर्मा, सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका उपप्राध्यापक विष्णु प्रसाद अर्याल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी याशिर मसुद लगायतले बोल्नुभएको थियो ।