माघ ५ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको तेह्रौं साधारणसभा तथा नवौं अधिवेशन  सम्पन्न भएको छ । 

संघकी अध्यक्ष राधा पन्थको अध्यक्षता एवं सचिव दीपक भट्टराईको संचालनमा भएको तेह्रौं साधारणसभा तथा नवौं  अधिवेशनले पुष्कर भुसाल अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा दिपक भट्टराई, सचिवमा ज्योति श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद अर्याल, सदस्यहरुमा मोहन पौडेल, उजर बहादुर घिमिरे, थमन बहादुर थापा, आशा थारु रहनुभएको छ । 

साधारण सभा तथा अधिवेशनको पहिलो सत्रमा प्रमुख अतिथि संघका संरक्षक एवं लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, अतिथि एवं प्राध्यापक संघ इकाई समिति सभापति उपप्राध्यापक धन बहादुर पुन, निर्वाचन संयोजक सहप्राध्यापक कुल बहादुर कार्की, संस्थापक अध्यक्ष रतन गिरि, स्याट कोर्डिनेटर पुनाराम घिमिरे, संघका उपाध्यक्ष पुष्कर भुसाल लगायतले बोल्नुभएको थियो । 

पहिलो सत्रमा सम्पूर्ण अतिथिहरु तथा संघका पुर्वअध्यक्षहरु रतन गिरी, दल बहादुर श्रेष्ठ, सहायक प्रशासक कपिल गौतमलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । साधारण सभा तथा अधिवेशनले संघकी अध्यक्ष राधा पन्थले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, कोषाध्यक्ष ज्योति श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनसमेत अनुमोदन गरेको छ ।