बुटवल १९ । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) लुम्बिनी वाणिज्य क्याम्पसले प्रथम वर्ष तथा प्रथम सेमेस्टरमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
स्ववियु अध्यक्ष बिजय कार्कीको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको प्रमुख आतिथ्यता तथा त्रिभुवन विश्वविद्यालय  विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको बिशिष्ट आतिथ्यता, सचिव निराजन खरेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष पाण्डेले नवआगन्तुक विद्यार्थीहरु र संचालक समितिबिच एक आपसमा चिनजान गर्ने अवसर प्रदान गरेकोमा स्वतन्त्र बिद्यार्थी युनियनलाई धन्यवाद दिनुभयो । स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीहरुका हरेक समस्याहरुको समाधान गरि गुणस्तरीय शिक्षाको निम्त्ती पहल गर्न आग्रह समेत गर्नुभयो ।
सोहि अबसरमा बोल्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्वतन्त्र बिद्यार्थी युनियनले विद्यार्थीको अध्ययन सँगै क्याम्पसको विकासको निम्ती महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । युनियनले विद्यार्थीका हितलाई मध्यनजर गर्दै आफ्नो मर्यादालाई कायम राखि क्याम्पसको हितका निम्ती लाग्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सम्पुर्ण विद्यार्थीहरुको अभिभावकत्व स्ववियुले गर्ने भन्दै बिद्यार्थीको हक अधिकारको संरक्षण गर्दै क्याम्पसको प्रगति र उन्नतिमा सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक महेशप्रसाद चौधरी कुर्मी, विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा लगायतले बोल्नुभएको थियो।