माघ २० बुटवल । शिक्षक अभिभावक संघ, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड कार्यक्रममा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका बिच मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।क्याम्पसको तालिम कक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो सत्रमा विशिष्ट अतिथि श्रोत व्यक्ति एवं  देवदह मेडिकल कलेजका एमडी तथा न्युरो विशेषज्ञ सह प्रा. डा. बिक्रम काफ्लेले युवा अवस्थामा देखिन सक्ने मानसिक समस्या, यसका पहिचान र समाधानका उपायहरूका बारेमा बोल्नुभएको थियो।
दोस्रो सत्रमा क्याम्पसले संचालन गरेका र गर्ने विभिन्न गतिविधिहरुका बारेमा विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले अभिभावकहरुबिच जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले अभिभावकका सुझाव सल्लाह क्याम्पसले निरन्तर खोजिरहने भएकाले यसप्रकारको कार्यक्रमको आयोजना निरन्तर गर्दै आएको बताउदै अभिभावकका सुझावहरु आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुका बारेमा विशिष्ट अतिथि एवं  निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीले प्रष्ट पार्नुभएको थियो।कार्यक्रमको संचालन सचिव उपप्राध्यापक पिताम्बर सापकोटाले गर्नुभएको थियो भने अध्यक्षता अध्यक्ष कविता कुवरको रहेको थियो।