
लुम्बिनी बाणिज्य क्याम्पस र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बिच सहमती पत्रमा हस्ताक्षर
नेपालकै सर्वाेत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी बाणिज्य क्याम्पस र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड बिच सहकार्य गर्ने गरि सहमति पत्रमा हस्ताक्षर भएकाे छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे वार्षिक उत्सवकाे अवसरमा आयाेजित एक समाराेहका विच दुई सस्थाबिच लुम्बिनि बाणिज्य क्याम्पसका विधार्थीहरुलाई राेजगारका अवसर प्रदान गर्ने र वित्तीय संस्थालाई आवस्यक अनुसन्धान मुलक कार्यमा क्याम्पसले सहयाेग गर्ने सहमति भएको छ ।
नेपालका सामुदायिक क्याम्पसहरु मध्ये सर्वोत्कृष्ट क्याम्पसको रुपमा परिचित तथा सम्मानित लुम्बिनी बाणिज्य क्याम्पस यस क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । त्रिभुवन विश्व विद्यालयबाट संवन्द्यन लिएर संचालित वि वि एस र एम वि एस कार्यक्रम संगै आफ्नै स्वायत्त कार्यक्रमहरु वि वि ए एफ वि वि एम एप्लाईड र वि एम एस तथा एम वि ए एफ र एम वि एस एफ गरी सात वटा कार्यक्रम संचालन गरीरहेको छ । हाल यस क्याम्पसमा ४ हजार विधार्थी तथा १०० जना प्राध्यापक तथा कर्मचारीहरु कार्यरत हुनुहन्छ । व्यवस्थापन संकायमा गुणस्तरीय र मागमा आधारित कार्यक्रमहरु पढाई हुने यस क्याम्पसका विधार्थीहरु बैक तथा वित्तिय संस्था कर्पोरेट हाउस र आफ्नै व्यवसाय संचालन गरिरहेका छन् । क्याम्पसले विधार्थीहरुको उद्यमशिल क्षमता विकासको साथै रोजगारमुलक सिपमा समेत जोड दिदै आइरहेको छ ।
देशभर १९ वटा जिल्लाहरुबाट ४२ वटा शाखाहरु मार्फत लघु वित्तीय सेवा प्रदान गरिरहेकाे जनउत्थान सामुदायिक लघुवित्तिय संस्था लिमिटेडले सामाजिक परिचालन मार्फत रैथाने ज्ञान सीप कला र सस्कृतिको सम्वर्द्वन गर्दै ६०००० सदस्यलाई सेवा दिईरहेको छ । हाल संस्थामा २५० जना कर्मचारी रहेको र संस्थालाई आवस्यक दक्ष कर्मचारी परिपुर्तिको लागि ईन्टर्नसिप मार्फत विर्धार्थीलाई अवसर सृजना गरि स्थायी गर्दै जाने नीति अनुसार लुम्बिनी बाणिज्य क्याम्पसका विर्धार्थीलाई अवसर दिने सहमती भएको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा डा तारा प्रसाद उपाध्यायले जनउत्थान सामुदायिक लघुवित्तिय संस्थालाई कार्यगत अनुसन्धान उधमशिलता विकास र वित्तीय शुसासन सम्बन्धी सहकार्य गर्न सकिने बताउनु भयो साथै उहाँ क्याम्पस गरिब तथा विपन्न बर्गका र जेहेन्दार विद्यार्थीहरुको लागी छात्रवृती समेत प्रदान गर्ने जानकारी गराउनु भएको थियो । त्यस्तै संस्थाका अध्यक्ष डा मान बहादुर वि क ले दुई संस्था विचको सहमती पश्चात जनउत्थान सामुदायिक लघुवित्तिय लि ले लुम्विनी बाणिज्य क्याम्पसका विधार्थीरुलाई रोजगार अवसर सुनिश्चित गर्ने साथै क्याम्पसले हाम्रो समुदायका विधार्थीहरुलाई सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्दै समुदायमा उद्यमशिलता प्रवर्द्धन र कार्यमुलक अनुसन्धानमा जनउत्थान सामुदायिक लघुवित्तिय संस्थालाई सहयोग पुराउन बाटो खुलेको बताउनु भयो । बित्तिय साक्षरता उद्यमशिलता विकास र सिप बिकास तालिम संचालनमा लुम्विनी बाणिज्य क्याम्पस संग सधै सहकार्य गरेर अगाडी बढाउने बताउनु भयो । सहमती पत्रमा लुम्विनी बाणिज्य क्याम्पसका उप प्राध्यापक तथा परामर्श प्लेसमेन्ट तथा उद्यमशिलता विकास सेलका संयोजक मुकुन्द ज्ञवाली र जनउत्थान सामुदायिक लघुवित्तिय लिका मानव संसाधन विभाग प्रमुख ईन्द्र बराईलीको समेत हस्ताक्षर रहेको छ ।