श्रावण १३ ।  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्टक मार्केटको टेक्निकल एनालाइसिस सम्बन्धि तालिम सम्पन्न भएको छ। क्याम्पसको एमविएस फाइनान्स दोस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको तालिम ३ दिनसम्म चलेको थियो भने तालिममा शिक्षण सहायक सन्दिप पौडेलले स्टक मार्केटको टेक्निकल एनालाइसिस र सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानका बारेमा सहजीकरण गर्नुभएको थियो ।