पौष २१ बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसको अवलोकनको लागि कालिका बहुमुखी क्याम्पसको टोली बुटवल आइपुगेको छ। 

कास्की जिल्लाको पोखरामा रहेको कालिका बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक, कर्मचारी, अभिभावक र विद्यार्थी  सहितको १६ जनाको टोलि बिहीवार  बुटवल आइपुगेको हो।

अवलोकन टोलीलाई क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो भने स्वागत तथा क्याम्पस अवलोकन पश्चात् दुई क्याम्पसबिच अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो ।