माघ १८ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको लेखाशास्त्र विभाग तथा अर्थशास्त्र/तथ्यांकशास्त्र विभागको विभागीय प्रमुखहरुको पदस्थापन एक कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । 

नवनियुक्त लेखाशास्त्र विभाग प्रमुखमा उपप्राध्यापक ललितमान श्रेष्ठ एवं अर्थशास्त्र तथा तथ्यांकशास्त्र विभाग प्रमुखमा उपप्राध्यापक सुरज आचार्य  रहनुभएको छ। पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी लगायतले नवनियुक्त विभागीय प्रमुखहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।