बुटवल । लुम्बिनी प्रदेशका सामुदायिक क्याम्पसहरूका प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको ६ दिने आवासीय “फ्याकल्टी प्रोफेशनल डेभलपमेन्ट ट्रेनिङ” सफलतापूर्वक सम्पन्न भएको छ। चैत २ देखि ७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा कुल १० वटा विषयगत सत्रहरू समेटिएका थिए। विश्व विद्यालय अनुदान आयोगको सहयोगमा संचालित यस तालिममा १७ जना विज्ञ प्रशिक्षकहर, २ जना अवलोकनकर्ता ९इदकभचखभच० तथा १६ वटा क्याम्पसबाट आएका ३० जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम अवधिभर आधुनिक शिक्षण विधि, विद्यार्थी–केन्द्रित सिकाइ, मूल्यांकन प्रणाली, डिजिटल उपकरणको प्रयोग, पाठ्यक्रम विकास तथा अनुसन्धानमुखी शिक्षणजस्ता विषयमा गहन छलफल र अभ्यास गरिएको थियो।
यस्तो प्रकारको तालिमले उच्च शिक्षाको गुणस्तर सुधार गर्न, शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्न तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरीएको छ । सहभागीहरूले पनि तालिम अत्यन्त उपयोगी रहेको र यसबाट प्राप्त ज्ञान तथा सीपलाई आफ्नो कक्षा कोठामा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस तालिममा सहभागी भएका क्याम्पसहरू निम्नानुसार रहेका छन्स्
१। स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान
२। देउखुरी बहुमुखी क्याम्पस, लमही, दाङ
३। यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पस, रुपन्देही
४। यरावती आदर्श बहुमुखी क्याम्पस, देउखुरी, दाङ
५। लीलाधर घिमिरे छापिया जनता कलेज, रुपन्देही
६। पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची
७। शहीद बहुमुखी क्याम्पस, पाल्पा
८। बाणगंगा बहुमुखी क्याम्पस, कपिलवस्तु
९। गौतम बुद्ध बहुमुखी क्याम्पस, कपिलवस्तु
१०। पर्रोहा बहुमुखी क्याम्पस, रुपन्देही
११। लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल
१२। ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस, बाँके
१३। सिस्ने शिक्षा क्याम्पस, रुकुम
१४। माण्डव्य बहुमुखी क्याम्पस, पाल्पा
१५। रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मी
१६। ज्योति भविश्वर बहुमुखी क्याम्पस, अर्घाखाँची
तालिम सम्पन्न भएसँगै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजक संस्था लुम्बिनी बाणिज्य क्याम्पसले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।